Section 80
कारोबार स्थगन हुने
(१) दफा ७८ बमोजिम बैंक वा वित्तीय संस्थाको बाध्यात्मक खारेजीका लागि अदालत समक्ष निवेदन दिने बित्तिकै राष्ट्र बैंकले त्यस्तो बैंक वा वित्तीय संस्थाको सम्पूर्ण वित्तीय कारोबार स्थगन गर्न आदेश दिनेछ । (२) उपदफा (१) बमोजिम वित्तीय कारोबारको स्थगनको आदेश दिँदा राष्ट्र बैंकले त्यस्तो बैंक वा वित्तीय संस्थाको इजाजतपत्र खारेज गर्न सक्नेछ ।